January 21, 2021, Thursday
२०७७ माघ ८

पानी छोएको भन्दै बालिकालाई निर्घात कुटपिट

74

मोरङ – मोरङको उर्लाबारी–४ थापाडाँगीमा पानी लिन घरभित्र पसेको भन्दै १२ वर्षीया बालिका फुलसरी मंग्रान्तीमाथि  निर्घात कुटपिट भएको छ ।

बालिकालाई फ्रिजबाट पानी निकालेको निउँमा  छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको बालिकाकी माइजू  दुर्गाकुमारी रोकाले बताइन्।

आमा सानैमा छोडेर अर्कोसँग हिँडेकी र बुवा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै डेढ बर्षदेखि आश्रय दिइरहेकी छिन्।

श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै सोमबार निर्घात कुटपिट गरेका उनले बताइन्।

कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ। सोमबार उनी चिसो पानी लिन छिमेकी निर्मला श्रेष्ठको घरमा गएकी थिइन्।