October 24, 2020, Saturday
२०७७ कार्तिक ८

अवैध ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

219

काठमाडौँ – नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ ।

बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कानूनअनुसार असार १ देखि भदौ मसान्तसम्म (तीन महिना) नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि पनि प्रतिबन्धमा अटेर गर्ने एक दर्जनभन्दा बढी ढुवानी साधन कारवाहीमा परिसकेका छन् ।

Recent Update