March 9, 2021, Tuesday
२०७७ फाल्गुन २५

असाेज १ गते बाट यातायात संचालन गर्ने व्यवसायीकाे घाेषणा

147

आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्।

बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको बताए।सेताे पाटी