October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

रुकुम पश्चिममा थप चार जना काेराेना संक्रमित

1.3K

रुकुम पश्चिममा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा तिन र आठविसकोट नगरपालिकामा एक जनामा बुधबार कोरोना भाइरस संक्रमण देखिएको छ ।

चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा त्रिवेणी गाउँपालिका वडा नम्बर पाँचका ५४ वर्षीय पुरुष र ५२ वर्षीय एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिए ।

यस्तै केहीदिन अघि भारतबाट आएकी वडा नम्बर ७ की २२ वर्षीय एक महिलामा पनि संक्रमण देखिएको हाे ।

यस्तै त्रिवेणी गाउँपालिका बाट गत १८ गत्ते ५३ जनाको स्वाब संलकन गरी परिक्षण गर्दा तिन जनामा संक्रमण पुष्टि भएको हो ।

यसैविच आठविसकोट नगरपालिकामा पनि एक जनामा संक्रमण भएको पाइएको छ । हालै नेपाजगञ्जबाट आएका वडा नम्बर १३ का २९ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

आठविसकोटका ३६ जनाको स्वाबको नमुना जाँच गर्दा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । संक्रमित भएकाहरुलाई सम्बन्धित स्थानिय तहमा रहेका आइसोलेसनमा राखिएको बताइएको छ ।त्रिबेणी २ जना लाई जिल्ला अस्पताल को आईसोलेसन मा पठाइएको छ भने १ जना होम आईसोलेसन मा राखेका छन ।

Recent Update