October 26, 2020, Monday
२०७७ कार्तिक १०

….र उ माननीय भयो म खरिदार

1.8K

माेहन आचार्य

माेहन आचार्य , कपिल मेरो वालसुलभ देखिको साथी हो। उसको घर र मेरो घर विचमा प्रकाश र नितेशको घर वाहेक अरु कुनै दुरी छैन। प्रकाश र नितेश पनि हामो दोस्तीका अभिन्न अंग हुन। गाँउका सवैले हामी चार जनालाई यिनीहरुको आन्द्रा नै जोडिएको छ  भन्थे। त्यसो भन्दा हामीलाई अझै गर्व महसुस हुन्थ्यो। कसैले भिन्न देखाएको भन्दा एक बनाएर वोलेको एकदम मन पर्दथ्यो। एक अर्काविचमा एकदम राम्रो विश्वास थियो। सँगै हिड्ने र सँगै काम गर्ने गथ्र्याै।

कतिसम्म भने कयौंपटक त एउटाको घरमा पानी ल्याउनु पर्ने भएमा एउटै गाग्री बोकेर चारैजना पधेरोमा पुगेका हु्रन्थ्यौं। हरेक विषयमा हामी चारजनाको एकै आवाज हुन्थ्यो। नितेश हामी भन्दा एक वर्ष कान्छो थियो। प्रकाश, कपिल र म एकै उमेरको थियौ र एकै कक्षामा पढ्थ्यौं। गाँउमै रहेको विद्यालयमा सँगै पढ्यौ। एक देखि दश कक्षासम्म पढ्न स्कुल परिवर्तन गर्नु परेन। स्कुल हाम्रो घरबाट मुस्किलले १५ मिनेट पैदलको दुरीमा थियो। तर हामीलाई स्कुल पुग्न १ घण्टा भन्दा कम कहिल्यै पनि लागेन। त्यो छोटो दुरीमा हामीले १ घण्टा समय कसरी व्यथित् गथ्र्यौ होला? अहिले सम्झदा नै अचम्म लाग्छ। प्रकाश मेरो ठुलो वुवाको छोरा भाई हो भने कपिल र नितेशसँग मेरो काका–भतिज नाता पर्दथ्यो।

म काका उनीहरु भतिज। प्रकाश र मेरो पढाई राम्रो थियो। प्रथम र द्धितिय स्थानको लागि सँधै हाम्रो बिचमा नै प्रतिस्पर्धा हुन्थ्यो। कपिल पढाईमा औषत भन्दा कम थियो। अन्य विषयमा निकै चलाख भए पनि सानैदेखि उसलाई पढाईमा रुचि थिएन। शिक्षकहरु सँग नजिक हुने र प्यारो बन्ने उसको सानैदेखिको स्वभाव थियो। हामी शिक्षकहरुसँग बोल्न डर मान्थ्यौं तर उसले साथिको जस्तो व्यवहार गर्दथ्र्यो। उसले शिक्षहरुलाई साथीको व्यवहार गर्दा हामीलाई नरमाईलो लाग्थ्यो तर शिक्षकहरुसँग उ नै प्यारो थियो। कक्षामा कपिलकै नाम वढि आउथ्यो। पढाईको विषयमा हुने छलफल वाहेक हामी चुपचाप हुन्थ्यौ। कक्षाको वारेमा केहि सोध्नुपर्याे भने सरहरुले कपिललाई नै सोध्नुहुन्थ्यो। आकर्षक जीउडाल,चट्ट मिलेको लुगाफाटो अनि आवस्यक वाककला सबैमा पोख्त थियो।

एसएलसी पछि पनि हाम्रो एकै क्याम्पसमा पढ्ने अवशर मिल्यो। महेन्द्र वहुमुखि क्याम्पस नेपालगञ्जमा हामीले विज्ञान विषय राज्यौै भने उसले मानबिकी संकाय अन्तर्गत राजनिति शास्त्रमा भर्ना ग¥यो। नेपालगञ्को सुर्खेत रोडमा कोठा लियौ,एकै कोठामा तिजनाको वसाई हुने भयो। पहिले छिमेकी अव त झन् एकै भान्छामा खाने भयौ। हामी नियमित क्याम्पस पढ्न जानथ्यौ। उ पढ्ने मनसायले भन्दा पनि घुमफिरको लागि जान्थ्यो। उ कहिल्यै पनि आफ्नो कक्षामा वसेन। क्याम्पसको भद्रगोल जो जता वसे पनि मतलब थिएन। उ पनि हामीसँगै हाम्रो कक्षामा बसेर दिन गुजाथ्र्याे।

विस्तारै कपिल क्याम्पसको वातावरणमा परिचित र घुलमिल हुन थाल्यो। अब उ हाम्रो कक्षामा आएर वस्न छोड्यो। यस्तैमा दुई वर्ष वित्यो, हाम्रो प्रविणता प्रमाणपत्र तह सकियो। प्रकाश र म आईएस्सी उतिर्ण भयौं तर उ भएन। हामी विएस्सीमा भर्ना भयौ उ राजनिती तिर आकर्षित भयो। क्याम्पसको राजनितिमा अगाडि जान के बेर एक दुई बर्षमै उ राम्रसँग जम्यो। उसको प्रख्यिाती दिन दुई गुणा रात चारगुणा भनेझै वढ्दै गयो। विस्तारै उसँग साथी संगति वढ्दै गए। २०६२ तिर राजाको प्रत्यक्ष शासन विरुद्ध आन्दोलन चर्केको थियो। आन्दोलनमा सँधै उ अग्रस्थानमा हुन्थ्यो। आन्दोलन पनि उसको राजनितिमा माथि जाने भ¥याङ्ग बन्यो। सवैले कपिल दाई भन्दै पछ्याउन थाले।

आफ्नो मात्र होइन उसले अब साथीभाईलाई पनि खर्च गर्नुपर्ने अवस्था आयो। उसको सबै खर्च किसान आमावुवाले पठाउन सक्ने अवस्था थिएन। तर पनि जसोतसो उसले व्यवस्थापन ग¥यो।  अब उ अत्यन्तै व्यस्त हुन थाल्यो ।आन्दोलन, संगठनको वैठक के के काम देखाउदै कोठामै आउन छोड्यो। कोठा एउटै भए पनि उ र हाम्रो भेट निकै पातलो हुनथाल्यो।

यसै विच वि.सं २०६५ मा क्याम्पसमा स्वतन्त्र  विद्यार्थी युनियनको निर्वाचन आयो उसले सचिवमा उम्मेदवारी दियो। उसले क्याम्पसमा चुवान जित्ने माहोल बनाइसकेको थियो निर्वाचित पनि भयो। स्ववियुको सचिव पछि त उसको राजनितिक उचाई झनै चुलियो। अव उ झनै व्यस्त भयो। यस्तो व्यस्त कि कहिलेकाही त उसका दुवै कानमा फरक फरक मोवाइलबाट कुरा गरेको देखिन्थ्यो। कपिल नेता भएकोमा हामिलाई झनै फाईदा भएको थियो। कुनै काम केही पर्याे भने उसले निमेषभरमै गराउथ्यो। क्याम्पस चिफदेखि स्थनीय प्रहरी प्रमुखसम्म,व्यापारीदेखि उद्योगीसम्म उसको जताततै पहुच थियो। यसरी भनौं हामीलाई पनि निकै सहज भएको थियो।

 उसले राजनितिमा पहुच बढाउदै गयो हामिले पढाईमा ध्यान केन्द्रित ग¥र्यौं। हाम्रो एकमात्र लक्ष पढ्नु थियो उसको राजनिति गर्नु। राजनितिमा काम के हुन्छ थाह भएन तर उ विहान ५ नवज्दै कोठा छोड्थ्यो भने वेलुका आउनै परेमा ११ बजे अगाडि कहिल्यै आउदैनथ्यो। कहिलेकाही आएपनि सँधै खाना खाएर आउथ्यो। हामिलाई लाग्थ्यो उसको भविश्य अन्धकार छ। पढ्न आएको मान्छे के के गरेको होला ?विचरा वाआमाको कत्रो सपना छ। यो राजनिति गरेर के हुने हो र ?पढाई पनि सबै बिगारिसक्यो  हामिलाई भित्रभित्रै उ विग्रेको र आफु सहि वाटोमा लागेको जस्तो आभास हुन्थ्यो तर भन्न कहिल्यै आँट आएन।

उसको अगाडि हामी बोल्न सक्ने अवस्था नै थिएन। उसँगको संगत निकै पातलो मात्र थियो। सानैदेखिको साथी र छिमेकी भएकोले उसले हामीप्रति कहिल्यै सानो मन गरेन र हामीले पनि एक असल साथीको रुपमा कहिल्यै कमजोरी गरेनौ। एकअर्काप्रति आत्मियता गहिरो थियो। माया र सद्भाव थियो। अन्य ढाडस र सहयोग मात्र होइन पछि पछि त उसले धेरै आर्थिक सहयोेग पनि ग¥यो। हामीले त के गर्न सक्थ्यौ र उसले हामीलाई धेरै सहयोग ग¥यो।

उसको राजनितिक यात्रामा पछि कहिल्यै फर्कनु परेन। भित्री र हामीलाई नबाँडेका अनुभुति वाहेक हामीले उसको राजनितिक यात्रामा सफलता मात्र देख्यौ। नेपालगंजको पढाई सकेपछि म र प्रकाश फरक फरक सामुदायिक विद्यालयमा पढाउन थाल्यौं भने उसले केही वर्ष नेपालगंजमै वितायो। उ नेपालगंज पछि काठमाण्डौ पुगेछ। म पनि केही वर्ष पछि मास्टर पढ्न गएको बेला कहिलेकाही भेट हुन्थ्यो। उसको राजनितिक सफलता काठमाण्डौमा झनै विस्तार भएछ, अव उसको पहिचान केन्द्रीय स्तरको भयो।

नेपालको राजनितिमा फस्टाउन के गनुपर्छ भनेर उसले सिक्नु पर्ने बाकि केही पनि थिएन। पार्टी कार्यालयमा उसको आउजाउ बाक्लिदै गयो। शिर्ष नेतासँग उसको आत्मियता वढ्दै गयो। आफ्नो क्षेत्रको नेतालाई उसले प्रभावमा नपार्ने कुरै भएन। उसले सव गर्योे। माथिल्लो तहको नेताहरुलाई पनि आफ्नो सारथी पाए झै लाग्यो। उसमा झन् झन् आत्मवल बढ्दै गयो। यसरी भनौं उ काठमाण्डौंमा पनि मज्जाले जम्यो।  

कहिलेकाँहि गाउघरमा आउथ्यो खासगरि दशै तिहारमा। म पनि दशैतिहारमा विद्यालय विदा हुने हुदा गाँउमै हुन्थे। भेटघाट हुन्थ्यो कुराकानी गर्ने हैसियत त अब मेरो उसँग थिएन। दुःख सुखका हल्का गफ हुन्थे। कुरा गर्दा बिचमै फोन आउथ्यो। उसले  करोडौंका ठेक्काको डिल गरिरहेको सुनिन्थ्यो। । एउटै परिवारिक अवस्था भएको सँगैको साथीको त्यो आर्थीक हैसियत देख्दा अचम्म त लाग्थ्यो तर के गर्नु त्यसको कारण खोज्ने क्षमता मसँग थिएन। आफैप्रतिको लघुताभाष तथा छटपटि बढाउने बिषय थियो त्यो। उ घरमा भेटघाटको लागि आउथ्यो हामी विदामा घरको काम गर्ने उद्देश्यले आउथ्यौं।

त्यसैले एकछिनको भेटघाट मात्र हुन्थ्यो। दशैतिहार सकिएपछि उ भोलिपल्ट नै काठमाण्डौं लाग्थ्यो। हामी पनि आफ्नो कार्यक्षेत्रमा लाग्थ्यौ। उसको र हाम्रो समय यसरी नै धेरै वर्ष विते। उ अब एक उच्च पदस्थ व्यक्ति भैसकेको थियो। उच्च तहका उच्च पदस्थ व्यक्तिहरुसँग नै उसको हिमचिम हुन्थ्यो। हामीसँगको सँगत  त उसकोे एक परिस्थितिजन्य वाध्यता मात्र थियो। तर उसले हामीलाई कहिल्यै पनि अपमान गरेन। कहिल्यै अवमुल्यन गरेन। हाम्रो गक्ष अनुसारको व्यवहार गथ्र्यो। चाडवाडमा कपिल गाँउमा आयो भने सवै खुसि नै हुन्थे। उसले सवैका आकांक्षा बुझेझै व्यवहार गर्दथ्यो। कपिल प्रति कसैको गुनासो थिएन।

समय वित्दै गयो। उसले आफ्नो राजनितिक उचाई वढाउदै गयो। पार्टीमा उसले आफ्नो पकड वढाउदै गयो। राजनितिक मात्र होइन उसको आर्थिक हैसियत पनि चुलिदै गयो। राजनितिमा उसले जे भन्यो त्यहि हुने अवस्था आयो। समय र परिस्थितिलाई वुझ्ने तथा जस्तो सुकै जोखिम लिन सक्ने उसको सानैदेखिको स्वभाव हो। उच्च महत्वकाक्षा उसको जिबनको दर्शन नै थियो।

यस्तैमा संघिय शासनप्रणाली लागु गर्न संघ प्रदेश तथा स्थानिय तहको निर्वाचन हुने अवस्था आयो। देश पुर्ण रुपले निर्वाचनमा केन्द्रित भयो। उसले पनि पार्टीमा आफ्ना दाबी प्रस्तुत ग¥यो। उसको बचन खेर जाने अवस्था थिएन। उसले चाहे र भने अनुसारको मुल्यांकन भयो। पार्टीमा वषौंदेखि तपस्या गरेकाहरुलाई पछि पार्दै प्रदेश सभाको टिकट पायो। उसले टिकट ल्याउन कति मेहनत प¥यो थाह भएन तर चुनाव जित्न कुनै दुःख गर्नु परेन।

चुनावको वेला १५ दिन जति मेहनत गरेको वलमा उ प्रदेश सभाको सदस्य निर्वाचित भयो। अब उसको पहिचान माननीयको भयो। अब कपिल होइन माननीय कपिल दाई भन्न थाले। उमेर लगानी तथा अवशरको हिसाबले उसको यो लोभलाग्दो सफलता थियो। माननीय भएको करिब तिन बर्ष भयो उ गाँउमा आएको छैन। अब त काठमाण्डौं मै घर बनाएको छ रे परिवार पनि उतै छन। कहिलेकाँही आमाबुवा पनि भेटघाट गर्न जान्छन् र सामाचार ल्याएर आउछन्।

म पनि आफ्नो जिजिविषाको लागि लडिरहेको छु। करिब एक दशकको शिक्षण कार्य पछि म माथि पनि एक प्रकारको विचलन आयो। पहिले सबै भन्दा प्यारो लागेको पेशाप्रति नै मन म¥यो। यो भनेर मैले शिक्षण जत्तिको सम्मानित पेशाको अवमल्यन गर्न खोजेको होइन। जागिरको स्थायित्व तथा रुचिमा आएको परिवर्तनले यस्तो भएको हुनुपर्छ। शिक्षण पेशा नै छोड्ने मनसायमा पुगे। र लोकसेवाको परिक्षाको तयारीमा लागे।

शाखा अधिकृतको परिक्षामा पटक पटक असफल भए। नायव सुब्बाको नतिजामा पनि बैकल्पिक सुचिमा मात्र अटे र अहिले खरिदार पदमा सेवारत छु। कहिलेकाही हाम्रो फोनमा कुरा हुन्छ। मैले पेशा परिवर्तन गर्दा पनि उसले फोन गरेको थियो। र बधाई पनि दियो। उसले दिएको बधाई एकदम प्रेमले भरिएको थियो तर मलाई भने उसले जिस्क्याइरहेको जस्तो अुनभुति भैरहेको थियो। त्यो म भित्रको लाघुताभाष मात्र हो उसको शब्दमा जिस्क्याएको कुनै संकेत सम्म थिएन। जे होस उसले मलाई सानै देखि जसरी प्रेम गर्दथ्यो त्यसमा कुनै कमजोरी गरेन। हामीले पनि उसलाई सम्मान गर्न छोडेनौ। हाम्रो सम्बन्ध सँधै यस्तै रहोस। माेहन आचार्य

Recent Update