October 26, 2020, Monday
२०७७ कार्तिक १०

बुद्ध पर्यटन प्रमोसनका लागि समिति गठन

222

काठमाडौं–नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्ध पर्यटन प्रमोसन समिति गठन भएको छ। भगवान् गौतम बुद्धको जन्मस्थल एवं विश्व शान्तिको उद्गम पवित्र भूमि लुम्बिनी तथा बुद्ध र बुद्धधर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदाहरुको प्रवर्द्धन, बजारीकरण तथा प्रचार प्रसार गर्ने उद्देश्यले पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको संयोजकत्वमा उक्त समिति गठन भएको हो।

लुम्बिनीलाई धार्मिक पर्यटन गन्तव्यको रुपमा प्रबद्र्धन गर्न सक्रिय पर्यटन व्यवसायी विक्रम पाण्डे सह–संयोजक रहेको सो समितिमा व्यवसायीहरु अम्बिका श्रेष्ठ, कर्ण शाक्य, बुद्ध धर्म संस्कृतिका अध्येता प्रा.डा.रमेश ढुङ्गेलदेखि म्यागसेसे पुरस्कार विजेता डा. सन्दुक रुइतसम्मका व्यक्तित्वहरु सदस्यहरू छन्।

Recent Update