पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित एक दर्जन बढी नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरा निवासी पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हाल नेकपाका जिल्ला सदस्य तेजेन्द्र खाम सहित रुकुम पूर्वका दर्जन बढी नेकपाका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरेको नेपाली काँग्रेस रुकुम पूर्वका सभापति केशरमान रोकाले जानकारी दिए ।
तेजेन्द्र खाम रुकुम पुर्वका मगरबस्तीमा लाेकप्रिय तथा नेतृत्वदायी व्यक्ति हुन ।उनको प्रवेशले नेपाली काँग्रेसका नेता कार्यकर्ता उत्साहित भएका छन ।खाम सँगै दर्जन बढि युवाहरु पनि काँग्रेस प्रवेश गरेका छन ।
प्रवेशिहरुलाई नेपाली काँग्रेस रुकुम पूर्वका जिल्ला सभापति केशरमान,काँग्रेस नेता नन्द बहादुर बिष्ट लगाएतले भव्य स्वागत गरेका थिए।पछिल्लो समय रुकुम पुर्व र रुकुम पश्चिममा नेकपा छाडेर काँग्रेस प्रवेशकाे लहर चलेको काँग्रेसले जनाएको छ।