October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

सम्पत्तिकै लागि १० वर्षमा ८ जनासँग बिहे !

342

सम्पत्तिकै लागि मानिसले धेरै उपाय लगाउने गर्छन् । जुन भोग्नेलाई पीडा र सुन्नेलाई रमाइलो लाग्नसक्छ । यस्तै हर्कत गरेकी छन् एक महिलाले जसले १० वर्षमा ८ जनासँग विवाह गरिन ।

१० वर्षको अवधिमा ८ जना वृद्धसँग विवाह गरेर गहना तथा नगद चोर्ने गरेको ती महिलालाई आरोप लागेको छ ।

यो घटना भारतको हो । यूपी प्रहरीले ती ‘लुटेर दुलही’लाई पक्राउ गरी उनीविरुद्ध मुद्धा दर्ता गरेको छ ।

यूपीको गाजियाबाद पुलिसले मुद्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरलाई आफ्नो निशाना बनाएकी थिइन् । ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फरार भएकी थिइन् ।

६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको एजेन्सीले बताएको छ ।

आफ्नो नगद चोरी भएपछि किशोरले प्रहरीलाई उजुरी गरेका थिए ।

Recent Update