October 29, 2020, Thursday
२०७७ कार्तिक १३

उपत्यकामा जोर-बिजोर प्रणाली पालना नगर्ने चार सयभन्दा धेरै गाडी होल्ड

198

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणाली पालना नगर्ने चार सयभन्दा धेरै गाडीलाई प्रहरीले ‘होल्ड’ गरेको छ ।

बिहानैदेखि अहिलेसम्म जोर-बिजोर पालना नगर्ने चार सय ३६ वटा गाडीलाई ‘होल्ड’ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नियम पालना नगर्नेमा सबैभन्दा धेरै दुई पाङ्ग्रे गाडी छन् । ३ सय ४५ वटा दुई पाङ्ग्रे र ९१ वटा चार पाङ्ग्रे गाडी ‘होल्ड’ भएका छन् ।

‘होल्ड’ भएका गाडीलाई बेलुका मात्रै छोडिने छ । आजदेखि काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणालीमा गाडी चलिरहेका छन् ।

Recent Update