January 26, 2021, Tuesday
२०७७ माघ १३

भीरबाट लडेर गर्भवतीकाे मृत्यु

146

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीरबाट लडेर एक महिला र गर्भमा रहेको शिशुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङ र गर्भमा रहेको आठ महिनाको शिशु रहेका छन् । घाँस काट्न जाँदा भीरबाट लडेर आमाको घटनास्थलमै मृत्यु भएको हो भने शिशुको उपचारको क्रममा काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो ।

भीरबाट लड्दा आमाको पेट फुटेको थियो ।