January 21, 2021, Thursday
२०७७ माघ ८

काठमाडौं उपत्यकामा थपिए ५ सय ७२ कोरोना संक्रमित

83

काठमाडौं – काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ७२ जना संक्रमित थपिएको हो।

तीमध्ये काठमाडौंका ४ सय ९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जना छन्।

अहिलेसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना, ललितपुरमा एक हजार ११ र भक्तपुरमा आठ सय १८ जनामा संक्रमण देखिएको छ।