May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

अस्पतालबाट भागेका काेराेना सङ्क्रमित नेपाली लाई भारतीय प्रहरीले भेटायाे 

166

भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपाली फेला परेको त्यहाँकाे  प्रहरी लाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ।

शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।

तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।