October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

नेपालमा तीन दिन संविधान दिवस मनाइने

219

काठमाडौं– नेपालमा तीन दिन संविधान दिवस मनाइने मुद्रण विभागले जनाएको छ । विभागले असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो ।

विभागले संविधान दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्ले राखिने पनि जनाएको छ । साथै उक्त अवसरमा सबै नागरिकले घरघरमा नेपालको झण्डा फहराउन पनि विभागले अनुरोध गरेको छ ।

विभागले संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ स्लोगन सबैलाई एसएमएसमार्फत पठाउने पनि बताएको छ ।

यस्तै संविधान दिवसमा राष्ट्रियस्तरका पत्रिकामा संविधान विशेषाङ्क प्रकाशित गरिने पनि जनाइएको छ ।

Recent Update