October 29, 2020, Thursday
२०७७ कार्तिक १३

जिल्ला अस्पताल रुकुम पुर्वमा तीन महिना देखि एक्सरे सेवा बन्द

261

मदन बिसी /रुकुम पुर्व

जिल्ला अस्पताल रुकुम पुर्वमा एक्सरे मेसिन विग्रिदा समस्या भएको छ । विगत तिन महिनादेखि एक्सरे मेसिन बिग्रिदा एक्सरे गराउन अस्पताल आएका बिरामी मर्कामा परेका छन । गत असार १० गतेदेखि एक्सरे मेसिन बिग्रिएर थन्किएको जिल्ला अस्पताल रुकुम पुर्वका मेडिकल अधिकृत पुर्णबहादुर पुनले जानकारी दिए । हामि संग दुईवटा एक्सरे मेसिन छन पुनले भने, एउटा बिग्रिएर थन्किएको छ, अर्काे आवश्यक भवन नहुदा प्रयोगमा आउन सकेको छैन ।

रुकुमकोट स्वास्थ्यचौकी हुदाँको सुरुकाे एक्सरे मेसिन विद्युत हाई र लो भोल्टेज थेग्न नसकेर थन्किएको छ । अर्काे खरिद गरी ल्याइएको नयाँ एक्सरे मेसिन आवश्यक भवन नहुदा सञ्चालनमा ल्याउन नसकिएको पुनले बताए ।

नयाँ एक्सरे मेसिन सञ्चालनमा ल्याउनको लागि भवन निर्माणको काम भइरहेकाले ढिलोमा तिहार सम्ममा एक्सरे सेवा सञ्चालनमा ल्याइने पुनले बताए । यसअघि जिल्ला अस्पतालमा २५० रुपैयाँमा एक्सरे गरिदै आएकोमा अहिले विरामिहरुलाई निजि मेडिकलमा ३५० देखि ४ सय भन्दा बढी शुल्क तिरेर एक्सरे गराउनुपर्ने बाध्यता रहेको छ ।

विग्रिएको मेसिन जिल्लामै मर्मत गर्न सम्भव नभएको र जारी लकडाउनका कारण बाहिरबाट प्राविधिक बोलाउन पनि नसकिएको अस्पतालले जनाएकाे छ । अहिले जिल्ला अस्पतालमा दैनिक ५ देखि ७ जना निमोनिया, हाड र छातिमा समस्या भएका विरामि एक्सरे गराउन आउने गरेका छन । उनिहरुलाई निजि मेडिकल तथा रुकुम पश्चिममा रिफर गर्ने गरिएको जिल्ला अस्पताल रुकुम पुर्वले जनाएको छ ।

गरिब र विपन्न समुदायको अस्पताल भनेर चिनिएको जिल्ला अस्पताल रुकुम पुर्वमा एक्सरे सेवा ठप्प हुदाँ विरामिहरु बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन ।

Recent Update