October 25, 2020, Sunday
२०७७ कार्तिक ९

रुकुम पश्चिममा तीन बर्षमा एक हजार ८ सय जनाले लिए प्रसूति सेवा

330

मनाेज डाँगी / रुकुम पश्चिम

जिल्ला अस्पताल रुकुम पश्चिमको गत ३ वर्षकाे बिचमा १ हजार ८ सय २० जनालाई प्रसूति सेवा प्रबाह भएको छ । उक्त अवधिमा १ सय पाँच वटा बच्चा सल्यक्रिया गरेर जन्माइएकाे छ ।

सबै भन्दा धेरै गत आर्थिक वर्ष २०७५ र ०७६ मा ६ सय ६१ जना महिलाहरुले प्रसूति सेवा लिएका छन् । जसमध्ये ४७ जना जटिल किसिमका छन् भने ६ सय ०
२ जनाले सामान्य किसिमबाट बच्चा जन्माएका हुन ।
जिल्ला अस्पताल रुकुमका मेडिकल रेकर्डर इश्वर रावलले दिएको जानकारी अनुसार ५ सय ७१ जना मध्ये ३८ जनाकाे जटिल किसिमको अप्रेसन र ५ सय ५५ जनाकाे सामान्य प्रसूति सेवा लिएका छन ।

गत आर्थिक वर्षमा ५ सय ८८ जना मध्ये ५ सय ५७ जना सामान्य प्रसूति सेवा र बाँकी २० जनाले जटिल किसिमको प्रसूति सेवा लिएको देखाएको छ । तथ्यांकमा जनाए अनुसार गत आर्थिक वर्षहरुको तुलनामा अघिल्लो बर्षमा सबभन्दा कमले प्रसूति सेवा पाएका छन् । जिल्लामै जटिल खालको अप्रेसन सेवा उपलब्ध भएपछि महंगो खर्चमा जिल्ला बाहिर गएर प्रसुति गराउनुपर्ने बाध्यता केही बर्ष अगाडि बाट हटेको छ ।

Recent Update