October 29, 2020, Thursday
२०७७ कार्तिक १३

लद्दाख विवादबारे भारत र चीनका विदेशमन्त्रीबीच ५ बुँदे सहमति

210

एजेन्सी –चीनबीचको जारी तनाव कम गर्नका ५ बुँदे सहमति भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकका क्रममा सो सहमति बनेको हो ।

भारतका विदेशमन्त्री जयशंकरले एलएसीमा जारी तनाव बढाउन नचाहेको भन्दै चीनप्रतिको नीतिमा कुनै परिवर्तन नभएको बताएका थिए । उनले चीनको पनि भारत नीतिमा कुनै परिवर्तन नभएको विश्वास व्यक्त गरे । चिनियाँ विदेश मन्त्रालयले दुई छिमेकी देश भएका नाताले तनाव सिर्जना हुनु स्वाभाविक भएको भन्दै चीन र भारतबीच रहेका असहमतिलाई सही ढंगले समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

मस्कोमा चलिरहेको सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) देशका विदेशमन्त्रीको बैठकमा भाग लिनका लागि दुवै नेता मस्कोमा रहेका छन् । गत साता मात्रै भारतका रक्षामन्त्री राजनाथ सिंहले चिनियाँ रक्षामन्त्रीसँग भेटवार्ता गरेका थिए ।

सो बैठक पनि मस्कोमा एससिओको बैठकका क्रममा भएको थियो ।  दुई देशका रक्षामन्त्रीबीच पनि एलएसीमा जारी तनाव कम गर्ने विषयमा छलफल भएको थियो । सो छलफलमा छिट्टै विदेशमन्त्रीबीच भेट हुने बताइएको थियो । बिहीबार राति ८ बजे सुरु भएको बैठक करिब ३ घन्टा चलेको थियो ।

Recent Update