October 27, 2020, Tuesday
२०७७ कार्तिक ११

बैठक सञ्‍चालनको जिम्मा प्रचण्डलाई दिएर बैठकबाट बाहिरिए ओली

189

काठमाडौँ -प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिनु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बैठक सञ्‍चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै बाहिरिनु भएको हो ।

अध्यक्ष ओली  बाहिरिनु भएपनि अहिले नेकपाको स्थायी कमिटी बैठक जारी छ । गत साउन १३ गते बसेको बहुमत सदस्यको बैठकपछि आज बैठक बसेको हो । बैठकमा नेकपा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुने जनाइएको छ ।

गत सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भएको छलफलबाट आज बैठक बोलाउने तय भएको थियो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

दुई अध्यक्षले सहमति जनाए पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने असन्तुष्ट रहनुभएकाे छ  । उहाँहरूबीच एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् ।

त्यस्तै एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

Recent Update