October 22, 2020, Thursday
२०७७ कार्तिक ७

महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि

204

चितवन – पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । 

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि आज (शुक्रबार) बिहान आएको पिसिआर रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।  योसँगै चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा २४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । एक संक्रमित वृद्धाको भने घरमा नै मृत्यु भएको थियो ।

Recent Update