December 1, 2020, Tuesday
२०७७ मंसिर १६

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ सम्म बन्द हुने

348

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे मंगलबारको बैठकले यस अगाडि बैशाख ३ गते सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएकोमा थप १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।

Recent Update