October 31, 2020, Saturday
२०७७ कार्तिक १५

निषेधज्ञा पशुपति क्षेत्र विकास कोषलाई ६० करोड घाटा

207

काठमाडौँ – कोभिड १९ का कारण सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)पछि पशुपतिनाथको व्यवस्थापनका लागि खुलेको पशुपति क्षेत्र विकास कोषलाई ६० करोड घाटा लागेको छ । आठ महिनादेखि भक्तजनको लागि मन्दिर बन्द हुँदा विभिन्न शीर्षकमा हुने आम्दानी शून्यमा सीमित भएको छ । जसका कारण कर्मचारीलाई तलबभत्ता दिन समेत समस्या भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

कोषको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पर्यटन शूल्क, मन्दिरमा हुने नियमित पूजा र विशेष पूजाका क्रममा चढाइएको भेटी एवं दान दातव्य, कोषको नाममा रहेको जग्गाको भोगचलनबापत प्राप्त भाडा र जग्गाको कुत संकलन लगायत सबै स्रोतमा कोरोना महामारीको असर परेको छ ।

जसमध्ये अहिले पर्यटन शूल्क र मन्दिरको भेटी वा दानबापत हुने आम्दानी शून्य रहेकोले कोषको आम्दानीमा धक्का लागेको कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए ।

कोरोना महामारीका कारण  पशुपति अहिलेसम्म पनि भक्तजनको लागि खुला गरिएको छैन । बन्दाबन्दीमा धार्मिक क्षेत्र, मठ, मन्दिर आदि पूर्णतः बन्द गर्ने निर्णयका कारण साउने सोमबार, तीज जस्ता ठूला पर्वमा समेत पशुपति बन्दै रह्यो । जसका कारण दान र दक्षिणाबाट दैनिक हजारौं रूपैयाँ गुमिरहेको कोषले जनाएको छ ।

अन्य स्रोतबाट हुने आम्दानी ढिलोचाँडो प्राप्त हुने सम्भावना भए पनि यो वर्ष तलब खुवाउन भने समस्या हुने सम्भावना रहेको कार्यकारी निर्देशक खतिवडा बताउँछन् । ‘कोषको आम्दानीका विभिन्न स्रोतहरूमध्ये मन्दिरमा चढाइएको भेटी र दानदातव्यबाट दैनिक औसतमा ६० हजार आम्दानी हुने गरेको थियो ।’ खतिवडा भन्छन् ‘मन्दिर पूर्ण रूपमा बन्द हुँदा यो शीर्षकमा हुने आम्दानी शून्य भएको छ ।’

त्यस्तै, कोषले घाटसेवाबाट र किरियापुत्री भवनबाट मासिक झण्डै ५ लाख रूपैयाँ आम्दानी गर्ने गरेको छ । यो पैसा घाट र किरियापुत्री भवनमा कार्यरत कर्मचारीको पारिश्रमिकमा नै सकिने गरेको छ । अहिले घाटसेवामा ७६ जना र किरियापुत्री भवनमा ७ जना गरी कुल ८४ जना कर्मचारी छन् । उनीहरूलाई महिनावारी पारिश्रमिक दिने नभई दाहसंस्कार गराएको शव संख्याको आधारमा पारिश्रमिक दिने गरिएको छ । कोषमा सूचीकृत रहेका ६० जना घाटसेवाका कर्मचारी एक–एक महिनामा आलोपालो गरी काममा आउने गरेका छन् ।

त्यस्तै, कोषको अर्काे आम्दानीको स्रोत पसल र धर्मशालाले दिने भाडा बापतको शुल्क हो । यो शीर्षकमा वार्षिक एक करोड १० लाख रूपैयाँ आम्दानी हुने गरेको छ । तर अहिले कोरोना भाइरसका कारण त्यो शीर्षकको पैसा समेत उठ्न नसकेको कोषले जनाएको छ । सरकारले भाडा छुट नगराएको खण्डमा पछि उठ्ने सम्भावना भए पनि अहिले त्यो शीर्षकमा समेत आम्दानी शून्य रहेको खतिवडाले जानकारी दिए ।

कोषले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग भाडाबापत वार्षिक एक करोड रुपैयाँ र तिलगंगा आँखा अस्पतालबाट वार्षिक आँखा अस्पतालबाट वार्षिक ५० हजार रूपैयाँ उठाउने गरेको छ ।

Recent Update