स्थानीय तहकाे निर्वाचन पछि निर्वाचित भएर आएका जनप्रतिनिधिहरुकाे सुख, सुविधा तथा राज्यकोषकाे दुरुपयोग यत्रतत्र छरपस्ट नै छ ।वडा अध्यक्ष देखि मेयर हुदै माथिल्लो स्तर सम्मले राज्यकाे सम्पत्ति कति सम्म दुरुपयोग गरेका छन् चर्चा भैरहेको बिषय हाे ।
तर सबै जनप्रतिनिधिहरु त्यस्ता नहुदा रहेछन् भन्ने उदाहरण बनेका छन् रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ७ का वडा अध्यक्ष वीर बहादुर खड्का ।उनी उमेरले ६७ बर्ष पुगेका छन । यहाँ सम्म जिन्दगीमा धेरै उकाली ओराली पार गरे हाेलान ।तर उनकाे समाजसेवी जाेश जाँगर भने अझै निस्वार्थ भावले युवा अवस्थामा जस्तै छ ।
रुकुम पश्चिमकाे त्रिवेणी गाँउपालिका ७ का वडा अध्यक्ष वीर धेरै वडा अध्यक्षहरुका लागि उदाहरणका पात्र बन्न सक्छन् ।उनको सादगी जिन्दगी ,निस्वार्थ समाजसेवी ,चुनावमा जनतासामु खाएको वाचा पुरा गर्ने तत्परता उनका कयौं समकक्षीहरुकाे लागि सिकाई र उदाहरण हाे ।नेपाली काँग्रेस बाट वडा अध्यक्षमा निर्वाचित वीर बहादुर घर देखि २ घण्टा टाढा रहेको सात नम्बर वडा कार्यालय दैनिक हिडेर पुग्छन् ।
वीर बहादुरले सरकारी सम्पत्तिको कुनै दुरुपयाेग गरेका छैनन् ।चाहेको भए उनले वडाकाे बजेट बाट माेटरसाइकल किनेर चलाउने अर्काे मान्छे पनि राख्न सक्थे । बरु उनी सँगै निर्वाचित भएका त्रिवेणीका अन्य केही वडा अध्यक्षले तीन वटा सम्म माेटरसाइकल फेरि सके ।वीर बहादुरले आफुले चलाउन नजानेर मात्रै हाेइन अन्यको लागि पनि वडा बाट माेटर साइकल समेत खरिद गरेका छैनन् ।
माेटर साइकल चलाउन नजान्ने वडा अध्यक्षले मान्छे राखेर तलब दिएर समेत सरकारी रकम दुरुपयोग गरिरहेका छन् । तर वीर बहादुरलाई त्यस्तो रहर र चाहाना कहिले जागेन ।बेकारमा गाडी बाइक खरिद नगराै,अहिले जनताको सेवामा खटाै भनेकाे थिए,सुरुमा मलाई खिल्ली उडाए वीर बहादुर भन्छन्।
वीर बहादुरकाे पारदर्शिता र जवाफदेहिता शब्दमा भन्दा पनि व्यवहारमै पुष्टि हुन्छ। अनावश्यक बजेट दुरुपयोगले बर्सेनि अन्य वडामा करोडौं रकम बेरुजु आउछ तर वीर बहादुरकाे वडामा १ रुपैया पनि बेरुजु छैन ।हिसाबकिताब सबै पारदर्शी छ सकभर बेरुजु नआउने गरि कार्य सम्पादन भैरहेको छ खड्का भन्छन ।जनताको सेवामा उनी सँग कसैको गुनासो छैन् ।चुनाव अगाडि जनता समक्ष वाचा गरेका प्रतिबद्धता पुरा गर्न वीर बहादुर दिनरात तत्कालिन छन् ।काम गर्ने क्रममा केही कमजोरी त हाेलान तर नियतबस कमजोरी गर्ने मेरो चाहाना छैन उनी भन्छन् ।
शिक्षा ,संचार,सडक ,खानेपानी आदि मेरा जनता सामु प्रतिबद्धताहरु थिए ,ती निर्माणको चरणमा छन् , वीर बहादुर भन्छन् ।उनलेे सबै तिर बाट पाएकाे धन्यवाद भनेको गाउँमा सुरु भएको चार करोड बराबरकाे लिप्ट खानेपानी आयोजना हाे ।ठाउँ ठाउँ बाट मागेर वीर बहादुरकाे पहलमा सम्पन्न हुदै गरेको उक्त आयाेजना बाट २ सय २२ घरधुरी लाभान्वित हुदै छन् ।अर्को राेचकपक्ष वीर बहादुरले गाउँकाे बिकास सँगै मिलेर गराै भन्दै आफू सँग पराजित नेकपाका मीन कुमार ओलीलाई उपभोक्ता समितिकाे अध्यक्ष बनाएर हातेमालो गरिरहेका छन् ।
वीर बहादुर वडा अध्यक्ष निर्वाचित भएपछि गाउँमा विभिन्न सडकहरु अर्को सडक सगँ जाेडने काम,टेलिफोन टावर ,खानेपानी धारा,विद्यालय भवन निर्माण भैसकेका छन् ।उनी आफ्नो वडाका प्रत्येक टाेल तथा बस्तीमा नियमित पुग्छन् । केही महिना अगाडि सम्म सामाजिक सुरक्षा भत्ता लिएर घरमै पुग्थे उनी, हाल बैंक मार्फत उपलब्ध हुने गरेको छ ।गाउँमा हुने अनेक क्रियाकलापमा वीर बहादुर पुग्छन् ।अरु सररर बाइकमा पुग्छन् म हिडेरै पुग्छु वीर बहादुर भन्छन् ।