October 31, 2020, Saturday
२०७७ कार्तिक १५

आज काठमाडौका यी ठाउँमा बत्ती अबरुद्ध हुने

156

आज काठमाण्डौ र ललितपुरका धेरैजसो ठाउँमा बिजुली जाने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि आज बिजुली आपूर्ति बन्द हुने भएको हो ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु स्वयम्भू फिडरको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली आउने छैन् । 

स्वयम्भू, अजिमा हल, भगवान पाउँ, सानो भर्याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोकलगायतका ठाउँहरुमा विद्युत अवरुद्ध हुने भएको छ । त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म  धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारालगायतका क्षेत्रहरुका लाइन अवरुद्ध हुने भएको छ ।

बालाजु वितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतीय संरचनाहरु सार्न  बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म वनस्थली, गंगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायीक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।उज्यालो

Recent Update