October 24, 2020, Saturday
२०७७ कार्तिक ८

उपचाररत थप एक संक्रमितको रुपन्देहीमा मृत्यु

150

अर्घाखाँची – रूपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा यही भदौ १४ गते भर्ना भएका रूपन्देही ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। उनका अनुसार ती पुरुषमा श्‍वासप्रश्वास र ज्वरोको समस्या थियो।

अरू दीर्घरोग नभए पनि अवस्था चिन्ताजनक बन्दै गएपछि राति करिब १२:३० बजे मृत्यु भएको थापाले बताए। कोरोना विशेष अस्पतालमा १६ जनाको आइसियुमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ।

Recent Update