October 25, 2020, Sunday
२०७७ कार्तिक ९

अमेरिकामा काेराेना संक्रमितकाे संख्या चार लाख क्रस

408

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ । जोन हप्कीन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या १२ हजार ८ सय ४१ पुगेको छ ।

न्युयोर्क सिटीमा कोरोना भाइरसको संक्रमणबाट मृतकको संख्या ४ हजार नाघेको छ । खसाेखास अनलाइनका अनुसार न्युयोर्क सिटीमा ४ हजार ९ को मृत्य भएको छ । न्युयोर्क राज्यमा मृतकको संख्या ५ हजार ४ सय ८९ पुगेको छ ।
न्युयोर्क सिटीमा संक्रमितको संख्या ७६ हजार ८७६ पुगेका छ । जसमध्ये क्वीन्समा संक्रमितको संख्या २४ हजार ८ सय ४० रहेको छ ।

ब्रोंक्समा १५ हजार ३४८, म्यानहटनमा ११ हजार १२, बु्रकलिनमा २० हजार ८७९ जनामा संक्रमण पुष्टी भएको छ । लङ आइल्याण्डका नासु र सफल्क काउन्टीमामात्र संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

न्युयोर्क सिटीमा अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि झण्डै २० हजार पुगेको छ । न्युयोर्क राज्यमा संक्रमित हुनेहरुमा महिलाको तुलनामा पुरुषहरु बढी रहेका छन् ।

न्युयोर्क राज्यमा अहिलेसम्म ३ लाख ४० हजारभन्दा बढीको कोरोना परिक्षण गरिएको छ । अमेरिकाभरमा भने अहिलेसम्म झण्डै २० लाखमा कोरोना परीक्षण गरिएको छ । अस्पतालबाट उपचार गरेर घर फर्केकाहरुको संख्या अमेरिकाभरमा २१ हजार ६७४ रहेको छ ।

Recent Update