October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

स्यानिटाइजरमा विषाक्त रसायन भेटिएपछि पाँच कम्पनीमा रोक लगाइयो

183

काठमाडौं – हाल बजारमा पाइँदै आएको ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ।

कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजरमा विभिन्न उद्योगले मेथानोल नामक विषाक्त मिसाइएको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी पाँच वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल प्रयोग गरेको औषधि व्यवस्था विभागले जनाएको हो।

तोकिएको मापदण्डविपरीत विषाक्त रसायन पाइएकाले यी स्यानिटाइजर तत्काल उत्पादन तथा बिक्री वितरण गर्ने संस्थालाई स्यानिटाइजर उत्पादन रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।

मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहन्छ।

Recent Update