January 18, 2021, Monday
२०७७ माघ ५

जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

73

टोकियो– जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। मियागी क्षेत्रमा शनिबार भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन्।

स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन्।

भू-गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो।