एजेन्सी– मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेको यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।
मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला गरेका थिए। ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा आठ जना मारिएका र अरु तीन जना नराम्ररी घाइते भएका बताइएको छ।
सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए। यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो। तर बुधबार ती अज्ञात व्यक्तिहरूले निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली बर्साएका थिए।