April 11, 2021, Sunday
२०७७ चैत्र २९

प्रदेश १ मा कोरोनाका कारण ४७ जनाको मृत्यु

145

विराटनगर – प्रदेश १ मा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ।  प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार साउन छ गतेदेखि यता प्रदेश भर कोरानाबाट ४७ को मृत्यु भएको हो।

प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ छ। शनिबार विराटनगर ८ का पुरुषको कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो।

मन्त्रालयमा अनुसार विराटनगरसहित मोरङमा २७ जनाको मृत्यु भएको छ। जसमा बुढिगंगाका ४ जना, ग्रामथानका १ जना, धनपालधानका १ जना, रंगेलीका १ जना, सुन्दरहरैचाका १ जना, सुनवर्षीका १ जना र पथरी शनिश्चरेका १ जना छन्।

त्यसबाहेक सुनसरीका ६ जना, झापाका २ जना र प्रदेश २ का १२ जना रहेको प्रदेश सरकारको तथ्यांक छ। प्रदेश २ का संक्रमितको विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको हो।