March 1, 2021, Monday
२०७७ फाल्गुन १७

रुख बाट लडेर घाइते युवकको उपचारको क्रममा निधन

138

मदन बिसी / रुकुम पुर्व

रुकुम पुर्वमा आपँको रुखबाट लडेर शनिवार एक युवकको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ स्थित ढकालबारा निवासी २६ वर्षिय बसन्त बोहोराको आपको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
उनकाे अनुसार शनिबार आप खानको लागि घर नजिकैको आपको रुखमा चढेका बोहरा सोहि रुखमा टेकेको र समातेको हागाँ भाचिदा लडेर गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते बोहोरालाई उनि लडेको केहि समय पछि घरपरिवार र आफन्तले उपचारको लागि जिल्ला अस्पताल रुकुम पुर्वमा पुर्याएका थिए । उनको जिल्ला अस्पतालमै उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको सवलाई पोष्टमाटमका लागि जिल्ला अस्पतालमा रहेको सव गृहमा राखिएको छ । मृतक बोहोराकी एक श्रीमति रहेकी छिन ।