March 7, 2021, Sunday
२०७७ फाल्गुन २३

गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

91

काठमाडौं – गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तनहुँ आबुखैरैनी नगरपालिका ४ की ७६ वर्षीय महिला, गोरखाका भीमसेनथापा ३ का ४५ वर्षीय पुरुष र कास्की मादी ४ का काठमाडौं नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।