March 1, 2021, Monday
२०७७ फाल्गुन १७

कमरेडकाे सर्पलाई गाडी र अफिस,नागरिक खान नपाई छट्पटी

128

झलनाथ खनाल

सरकारी रकम खपतका लागि जिउँदै नेताको नाममा प्रतिष्ठान खोल्ने र वर्षेनी बजेट विनियोजन गराउने धन्दाको बल्ल खुलासा भएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापित फाउण्डेशनले सर्लाहीमा सर्प पालनका नाममा पाएको भनिएको ७२ करोड निकासा काम गर्न नभएर बजेट पचाउन हो भन्ने बुझेका छन्, अर्थ मन्त्रालयका अधिकारीहरुले ।

वर्षैपिच्छे नयाँ आर्थिक वर्ष शुरु हुनासाथ अर्थ मन्त्रालयबाट दुईदेखि तीन करोड रुपैयाँ उक्त फाउण्डेशनले निकासा पाउँदै आएको थियो । तराईमा विकराल समस्याका रुपमा रहेको सर्पदंश र त्यसबाट बर्सेनि धेरै संख्यामा मानिस मरिरहेको खतरालाई दृष्टिगत गर्दै त्यसको उपचारका निम्ति वीष उत्पादन गर्ने योजना पेश भएको थियो ।

तर, धेरै वर्षदेखि यो कागजी योजनाका रुपमा मात्र रहँदै आएको छ । त्यो काम गर्न सबभन्दा पहिला जमिन चाहिन्छ । तराईमा हजारौँ विघा ऐलानी जमिन छन् । उक्त फाउण्डेशनले तीन बिघा जमिन खरिदका नाममा हिसाब किताब मिलान गर्न यसचोटि एकैपटक ७२ करोड रकमको निकासा पाएको हो ।उता नागरिकहरु खाना नपाई छट्पटी रहेका छन ।तर राज्यकोषबाट यति धेरै रकमको दुरुपयाेग भैरहेको छ ।

कस्तो अचम्मको हिसाब छ भने, सर्प पाल्नका लागि खुलेको अफिसको घरभाडामात्रै वर्षको एक लाख रुपैयाँ देखाइन्छ । जबकि, सर्प अफिसमा पालिँदैन । अनि, फाउण्डेशनको नाममा गाडी छ । जबकि, सर्प पाल्न गाडी पनि चाहिँदैन ।जनआस्था अनलाइन बाट