March 1, 2021, Monday
२०७७ फाल्गुन १७

बाँकेमा ससुराले गरे ज्वाइँको हत्या

100

बाँके- नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको हत्या भएको छ । रैदासको हत्या आरोपमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरेका थिए। कुटपिटपछि कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएका रैदासकाे नर्सिंङहोम नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको हो ।