March 1, 2021, Monday
२०७७ फाल्गुन १७

महानगरका १७ सय कोरोना संक्रमित घरमै

92

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई यही भदौ १५ गते कोरोना संक्रमण पुष्टि भयो। पत्‍नीमा स्वास्थ्य समस्या देखिएपछि उनी धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए। काठमाडौंमा अन्य सरकारी अस्पताल हुँदा हुँदै पनि जनताका प्रतिनिधि उनी पत्‍नीको उपचारका लागि भन्दै निजी अस्पतालमा पुगे।

भदौ १४ गते ग्राण्डीमा उनी र पत्‍नी दुवैको स्वाब लिएर परीक्षण गरियो। तर बिरामी भएकी पत्‍नीको रिपोर्ट नेगेटिभ आउँदा उनमा कोरोना संक्रमण देखियो। कोरोना देखिनुअघिसम्म उनी विशेष गरी उपत्यका मेयर फोरमहरूको बैठकमा सहभागी हुने गरेका थिए। त्यही बैठकमा आउने जाने क्रममा उनलाई संक्रमण भएको थियो। देशकै प्रमुख महानगरपालिका भए पनि काठमाडौंले आफ्नै पहलमा क्‍वारेन्टाइन र आइसोलेसन बनाएको थियो। देशका अन्य स्थानीय तहले आफ्नै पहलमा आइसोलेसन र क्‍वारेन्टाइन बनाएर संक्रमित र शंकास्पदलाई निगरानी गरे तर काठमाडौंमा त्यस्तो भएन।​