March 1, 2021, Monday
२०७७ फाल्गुन १७

कसैको दबाब र प्रभावमा काम गरिने छैन : सल्यान डिएसपी थापा

199

मनाेज डाँगी /रुकुम पश्चिम

सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले आफ्नो कार्यालयबाट न्याय बिक्री नहुने बताएका छन। भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी नायब उपरीक्षक थापाले न्याय सबैले पाउने बताए।

आइतबार जिल्ला स्थित पत्रकारहरुबिच जिल्ला प्रहरि कार्यालयमा भएको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डिएसपी थापाले कसैको दबाब र प्रभावमा आएर आफुले काम नगर्ने बताएका छन।

कानुन सबैलाई लाग्ने बताउदै उनले कानुनको पालना गर्न आग्रह गर्दै निस्पक्ष रुपमा काम गर्ने बताए।जिल्ला बासिको शान्ती सुरक्षाको लागि कुनै कसर बाकी नराख्ने उनले बताएका छन। सबैको सहयोगबाट समृद्ध समाज निर्माण हुने भन्दै सहयोगको आग्रह गरे।

सत्य,सेवा र सुरक्षा प्रहरी संगठनको मुलमन्त्र भएको बताउदै उनले सत्यमा आधारित भएर छिटो छरितो सेवा प्रवाह गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती गराउने समेत बताएका छन।कार्यक्रममा सल्यान जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था र कोभिड १९ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त कार्यक्रममा सल्यान जिल्ला स्थित विभिन्न १५ जना पत्रकारहरुको उपस्थिति रहेको थियो।