April 19, 2021, Monday
२०७८ बैशाख ६

छाेरीकाे जन्म दिनको अवसरमा क्यान्स”र पिडितलाई आर्थिक सहयोग

349

साइप्रसमा कार्यरत समाजसेवी शुसिला उप्रेती चुडालले आफ्नो छाेरीकाे जन्मदिनको अवसरमा ब्लड क्यान्स”र पिडितलाई आर्थिक सहयोग गरेकी छिन ।गरीब ,असाय,अशक्तहरुकाे सेवामा मन खुलेरै सहयोग गर्दै आएकि शुसिलाले भदौ २९ गते परेको छाेरी साेफिया चुडालकाे जन्म दिनकाे अवसरमा गुल्मी जिल्ला मुसिकोट १ का ब्लड क्यान्स”र पीडित मनोज गिरी बचाउ अभियानलाई पाँच हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेकि हुन ।

नेपालकाे झापा जिल्ला कन्काई नगरपालिका ३ सुरुंगा घर भई हाल साईप्रसमा रहि नेपाली जनसम्पर्क समिति साइप्रसकाे क्रियाशील सदस्य तथा बिभिन्न संघ संस्थामा आवद्ध सामाजिक अभियान्ता शुशिलाले यस अगाडि पनि विभिन्न कारणले पिडित भएका दर्जनौंलाई सक्दाे आर्थिक सहयोग गर्दै आएकि छिन ।

छाेरीकाे साेफियाकाे जन्मदिनको अवसरमा ब्लड क्यान्स”र पिडित बचाउ अभियानमा मैले गरेको थाेरै सहयोगले उहाँलाई राहत हाेस भनेर सहयोग गरेको शुसिलाले भनिन् ।सानाे सहयोग हाे मलाई प्रचारप्रसार गर्न कुनै रहर छैन ,समाजसेवा निरन्तर जारि रहने छ शुसिलाले भनिन् ।