March 7, 2021, Sunday
२०७७ फाल्गुन २३

पाँच दिनकालागि विराटनगर महानगरको सेवा बन्द

87

विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि महानगरपालिकाको सेवा बन्द गरिएको छ।

सोमबारबाट लागू हुनेगरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको हो। आइतबार बिहान प्रमुख प्रशासकिय अधिकृत पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरेलको कन्ट्याक ट्रेसिङमा महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए। २९ भदौबाट बन्द हुने सेवा २ भदौसम्म रहनेछ।

सो अवधीमा स्वास्थ्य, सरसफाई, वारुणयन्त्रसहित अत्यावश्यक सेवा भने सञ्चालन हुने छ।