December 4, 2020, Friday
२०७७ मंसिर २०

हेलिकप्टरले खारामा बीउ छर्ने अनि ट्याक्टरले जाेत्ने दिन अझै आउला र ?

960

सुरसा खड्का

इतिहास जति पुरानो भए पनि पीडा भुल्न उत्तिकै समय लाग्दाे रहेछ ।हुन त त्यो दुखान्त इतिहास आज भन्दा २१ बर्ग अगाडि हाे ।तर पनि त्यहि दुखान्त इतिहासले कहिलेकाहीँ विगत बनेर मुटु च्वाँस च्वाँस घाेच्ने गर्छ । त्रासैत्रासको कालो बादलमा बाल मष्तिकमा परेको प्रभाव अझै मेटिएकाे छैन । रुकुम  खाराले इतिहासमा कहिले नमेटिने दुख सास्ती डर त्रास खेप्नु परेको २१ बर्ष पार गर्दै छ ।२०५६ साल माघ फागुन तिर खाराबासीले भाेगेकाे पीडा कहिले भुल्न सकिँदैन ।नागरिकको रक्षा गर्ने राज्य बाट भएको दमनको नमुना बनेको खारा घटनाको चर्चा परिचर्चा लामाे समय सम्म पनि उस्तै छ ।

अनाहकमा १५ जना सर्वसाधारण गरिव दुखी , नागरिककाे सामुहिक ह”त्या भएको र त्यसपछि परिवारले पाएकाे दुख यहाँ शब्दमा व्यक्त गर्न उपयुुक्त छैनन् । कयाैँ घरबारमा आगाे लगाइयो ,धेरै घरबार बिहिन भए । खाराकाे कथा निकै दर्दनाक छ । राज्यपक्षबाट माओ”बादी लखेट्ने नाममा सर्वसाधारणलाई दमन,ह”त्या र घरमा आगजनी गरेको घटना इतिहासमा कहिले मेटिदैन ।हिजोका ती बालक आज त्यो घटनाका साक्षीकाे रुपमा छाै ।त्यति अथाह पीडा भाेगेकाे खारा विकशित नेपाल र सभ्य समाजको आशामा धैर्य गरेर बसेका छन ।पीडा सहेर भविष्य प्रति अाशा गरे ।

परिवर्तनका नाममा गरिएका उदण्डले सबैप्रति परेको दुख पिडा, त्रासैत्रासले कालान्तरमा घटनाहरु रुकुम भरि नै घटे ।ती दुखका डाेवहरु अझै छन, खारामा अझै छन रुकुममा छन ।हामीले पनि हाम्रो आदरणीय अंकललाई गुमायाै ।मेरा अंकल जस्ता धेरैको एउटै चिहा”न बनाइयो ।खाराले पटकपटक दुख पायो ।नेपाली सेनाको व्यारेक त्यहि भएकोले दुई पटक ठुला ठुला लडाइँ भए ।अझ भन्नुपर्दा राष्ट्रिय राजनीतिमा पनि खाराकाे उत्तिकै याेगदान छ ।खारा लडाइँ माओवा”दीले जितेको भए देशको अवस्था कस्तो हुन्थ्यो कसैले कल्पना गर्न सकिन्न ।खारा हारेपछि तत्कालीन नेकपा मा”ओबादीले चुन्वाङ बैठक गरेर शान्तिपूर्ण सहकार्य गरि नेपाली राजनीतिमा प्रवेश गरेको भनिन्छ ।जसलाई खाराले बदलिएको भन्नुपर्छ ।

२०५९ साल तिरकाे कुरा हाे ।मलाई अलिकति याद छ ,उतिबेला हामी बच्चालाई त्रास र धम्की देखायर खारा ब्यारेक जाने बाटो सिकाउन बाध्य बनाइन्थ्याे । हामी बच्चा बाटो सिकायर गएर आधा बाटो बाकी लुकेर बाचेकाे याद अहिले पनि ताजै छ ।हामी बच्चाले त कति दुख पायौं झन हाम्रा अभिभावकले कति दुख पाए हाेलान ? हामी दुई ढुंगा विचकाे तरुल बनेर बाँचेका नागरिक ।राज्य र मा”ओवादी पक्ष बाट उत्तिकै दबाब ।कति लासहरु हाम्रै आगन अगाडि बाट बाेकेर लिएकाे अहिले जस्तै लाग्छ, कोही शवलाई जग्गामा छोडेर जान्थे ।

ती शवको मृत आत्मा लाई हाम्रो बाबा ले सानो बिरुवामा गाड्दिदा अहिले त्यो रुख ठुलो भएकोति, बाँचेको भए तिनि अपरिचित थुप्रै लडाकुहरु ठुलो मान्छे बन्थे होला । यति सम्मको सास्ती थियो की बक्ती पनि बाल्न नपाउने, साझमा हिड्न पनि नपाउने, अनि हामी स-परिवारलाई लाईन लगायर  गोली हान्न तयार भएको कुरा सम्झदा भाग्यले बाँचेको याे नाफाको जिन्दगी ।हाम्रो नेपाली समाजले विगत बाट पाठ सिक्नु पर्छ ।हामीले यस्ता घटना इतिहासमा कहिले पनि पुनरावृत्ति हुन दिनु हुदैन ।

  घरमा आगोको ज्वाला दन्काई दिदा हाम्रो मन कस्तो भयो हाेला ?मनमा त्रास को अडडा जमेको थियो । त्यो क्षण नै हाम्रा लागी अबिष्मरणीय बन्याे ।किनकी यिनि त्रासहरु हामी स्वयंले अनुभुती गर्याै । २०६३ भन्दा पहिलेका दिनहरु निकै दर्दनाक र दुखदायी थिए, त्यसको जिउँदो साक्षीहरु हामी छाै । मनमा त्रास र दुखको भारी अझै गह्रौं छ।

               दश बर्षे जनयुद्दको त्रासपुुुर्ण वातावरण बाट हुर्केका हामीले अझै चित्तबुझ्दो परिवर्तनको अनुभुती गर्न पाएका छैनौं । संविधानसभा हुदै देश संघिय प्रणालीमा गएपनि हामी खाराबासीका दुख उस्तै छन ।खारामा केही परिवर्तनका सकरात्मक प्रयासहरु पनि भए तर तिनले द्वन्द्व पिडित ,घाइते ,अपांग र सहिद परिवारकाे जिवनमा खासै परिवर्तन गरेका छैनन् । विद्युत,खानेपानी ,सडकको विकास विस्तारै गति लिदै छ ।शान्ति प्रक्रियाकाे दशक पछिको खारा विस्तारै परिवर्तनको बाटोमा अगाडि बढछ,भन्ने आशा छ ।तर अझै हाम्रो समाजमा सामाजिक विकृति र बिसंगतिहरु बृद्विहुदा दुख लाग्छ । कलियुगमा बसेका मानव जातीहरु राम्रो काम गर्ने भन्दा नराम्राे काममा उदृत छन । सामाजिक रुपान्तरण अझै बाँकी छ ।

आजसम्म पनि क्षतिग्रस्त खारालाई राज्यको आँखा पुगेकाे छैन। गाउँका लागि सर्तसहित साटिएका भोटले पनि खासै काम गरेकाे अनुभुती हामी नागरिकलाई छैन । यस्तै खारा जस्तै थुप्रै समस्याग्रस्त र दर्दनाक गाँउको अवस्थालाई मध्यनजर गर्दै अगाडी बढी समग्र नेपालमा समृद्द राष्ट्र निर्माणमा निष्पक्ष तटस्थता, पारदर्शिता जनसहभागीतामुलक विकासको अपेक्षा खाराबासीकाे छ ।

पिडाका खातहरु द्वन्द्वकालमै देखिसक्याै, तर सिंहदरबाररुपी बिकास र सुविधाका स्वाद हामीले कहिले चाख्ने ? कमरेडले भाषणमा भने झै हेलिकप्टरबाट खारामा बीउ छर्ने अनि ट्याक्टरबाट जाेत्ने दिन आउला र ?

                                             
                                                लेखक,सुरसा खड्का रुकुम पश्चिम निवासी    एमबिएस तेस्रो बर्षमा अध्ययनरत छिन ।
                                                         

Recent Update