
जिल्लाकै उत्कृष्ट गाउँपालिका जन्मभुमी दार्मा र सम्बन्धित पक्षलाई सामान्य नागरिकको तर्फबाट हार्दिक बधाई छ। म एक दार्माको सामान्य नागरिक हु । तर म हरेक दिन म जन्मेको आफ्नो जन्मभुमी बारे चिन्तित हुन्छु।दार्माको बिकास र समृद्धि हाम्रै जिवनकालमा सम्भव छ। स्थानिय सरकार बने संगै दार्माको बिकास र दर्माली जनताले प्रत्यक्ष अनुभुत गरिरहेका छ्न। तर हेक्का रहोस”दार्मा र दर्मालीको भविष्यको रुपरेखा जनतामा छ”। नराम्रा कामको सधैभरी खवरदारी दर्माली जनताले गरिरहे”।
कर्मचारीतन्त्रलाई सकारात्मक एवम रचनात्मक सुझाव दिईरहे।कार्यालयको सेवा प्रवाह र गतिविधिमाथी सधै निगरानी राखिरहे। कर्मचारीभित्र पहुँचवा मात्र हावी हुन दिएनन।कर्मचारीलाई सेवकको अनुभुती झल्काईरहे।सहिलाई सहि गलतलाई बिरोध गर्न कहिल्यै पछि हटेनन। जनप्रतिनिधिज्युहरुलाई सदैव घचघच्याईरहे।तिमी जनताका मालिक नभई सेवक हौ भनिरहे।
अध्यक्ष ज्यु !! आदरणीय निम बहादुर के.सि. सधैं युवा पुस्ताको रचनात्मक सुझावलाई मनन गर्दै कहिल्यै शव्दमा रंग भर्दै कहिले जनताका आक्रोशका अभिव्यक्तिलाई सहदै कहिलेकाही जनताको जवाफको प्रतिक्रिया व्यक्त गर्दै युवा पुस्तामा सधै अन्तक्रिर्या गरिरहे।
उनी आलोचना बाट कहिल्यै बिक्षिप्त भएनन बरु आत्मैदेखी चिन्तित भइरहे। सहकार्य समन्वयलाई मुल सुत्र बनाई युवा पुस्ताले सुरुवात गरेको हाम्रो दार्मा राम्रो दार्मा अभियानमा डटिरहे!!प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन देखि हाल अमृत खडका सम्म दुवै जना निरन्तर नागरिक केन्द्रित सेवा प्रवाहमा आफ्नो जिम्मेवारी बहन गरिरहे।
कहिले राजनीतिक दवाव त कहिले स्रोत साधनका अभावका बाफजुत सेवा प्रवाह गरिरहे!! सिंगो दार्मा सरकार,कर्मचारीको अथक एवम पृथक प्रयास र दर्माली जनताले प्राप्त सेवा प्रवाह बाट आज उत्कृष्ट गाउँपालिका दार्मा गाउँपालिका सल्यान बन्न सफल भएको छ!!
यस खुशियालीमा सम्पुर्ण दर्माली जनता,दार्मा सरकार प्रमुख निम बहादुर केसी,सम्पुर्ण जनप्रतिनिधि,प्रशासकिय अधिकृत अन्य कर्मचारीहरुलाई हार्दिक बधाई तथा अझै कर्णाली प्रदेशकै उत्कृष्ट गाँउपालिका बनोस जन्मभुमीलाई हार्दिक शुभकामना ।दर्माली जनता अझै दार्मा सरकारलाई रचनात्मक सुझाव दिन नहटुन,दार्मा सरकारको काम कारबाहीमा नराम्रो कामको खवरदार र राम्रो कामको पहरेदार बनुन शुभकामना ।
(दार्मा गाउपालिका वडा न ०२)
अभियन्ता , हाम्रो दार्मा राम्रो दार्मा