ऊब्जियो कसरी विषाक्त वनिदै यो विश्वमा फैलिदै
छायो द्रूत गति लिएर कसरी संसारमा लम्किदै
कोरोना भनिने रहेछ खतरा यो रोग रे भाईरस
नयाँबर्ष पनि नआउ अहिले पर्खेर टाढै वस
छौं दु: खी नवबर्ष आज किन खै ! स्वबन्दिमा छौ घरै
गाऊँ बस्ति सबै छ शुन्य अहिले बस्ने गरे छौँ परै
महामारि छ विश्वमाझ अहिले फैलेर यो भाईरस
नयाँवर्ष तिमी नआउ अहिले आफ्नै घरमा बस
स्वागत् गर्न सकीन दुर्वल भएँ यो रोगब्याधि महाँ
लड्दै छौं सब त्रासमा रूमलिदै मृत्यू संगै युद्धमा
फैलिदैछ जहीं तहीं र यसले पार्दैछ आफ्नै बस
नआऊ अहिले सुरक्षित भई आफ्नै घरमा बस
आफ्नै जन्म भुमि निषेधित भयो प्रवेशमा रोक छ
छन् दु: खी अनुहार जीवन संगै भोको छ यो पेट त
बाँचे जीवन भन्नु रै छ रचना सृष्टि सबै थोकको
छैनन् जीवन के रह्यो र उसको शक्ति र सामर्थ्यको
छैनन् फूल फुले पनि ऋतु विशे चल्दैन खै! वासना।
देखीन्छन् दु: ख पीर मात्र अहिले शक्तैन क्वै हासन
के कस्तो युग आउला र पछिको के हुन्छ सोच्दै छु म
के गर्लीन धरति यो मानव विना सोच्नै पनि शक्तिन
कस्ता शस्त्र र अस्त्र औषधिहरू सिर्जीत गरे स्वधन
खोजेनन् उपचार छैन कि कतै यसको कुनै साधन
प्रदुषित हुन गो सबै धरतिमा दोहन भयो बैभव
के होला? भन आज मानव सबै घोत्लेर सोच्ने गर
भोगें धेर कुरा अरू विपदका बाढी र पैरोहरु
भोगें अन्य कुरा भुकम्प दु: खका टर्दै गएथे बरू
मैले भोगिन आज सम्म यसरी बन्दि र लकडाउन
मैले देखिन यी पीडा र दु: खका वेग्लै अनौठा क्षण
कोरोना भय त्रास भित्र रहँदै मृत्यु अगाँले कति
छन् कोही उपचारमा जीवनका आशा भरोसा गरी
पीडादायक भो कठोर दिन यी बेला छ यो संकट
भेटौला सहजै निरन्तर पछि ऐले घरैमा बस
आफू वाहेक कोही छैन संगमा अन्तिम घडीमा अनि
मृत्यूमा पनि कोही छैन किन हो संस्कार गर्ने पनि
जे छोयो त्यसमै छ मृत्यू भयको झैं लाग्छ त्यै भाईरस
नआऊ तिमि साथमा खुसी हुदैँ ऐले घरमा बस
खाऊँ पौष्टिक खाद्य वस्तु भरसक् प्यूँदै गरौ धेर जल
खुसी साथ रहुँ सबै मिलिजुली बढाई आत्मवल
पराजीत गरौं लडेर अहिले निर्मूल गरौं भाईरस
नयाँबर्ष पनि नआउ अहिले आफ्ने घरैमा बस
– कृष्ण ‘सुकुम्वासी’
सिन्धुली