काठमाण्डौँ – गीतसंगीतका कारण चर्चाको शिखरमा रहेका गायकको लोकप्रियताले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वासले पनि निर्माता/निर्देशकहरु गायकलाई नायक बनाउन तम्सिने गरेको पाइन्छ ।
गायकबाट नायक बन्ने भीडमा प्रकाश सपूत र नितेशजंग कुवँर पनि थपिँदैछन् । ‘गलबन्दी’ गीतका गायक सपुतले फिल्म ‘परदेशी २’ बाट नायकको रुपमा डेब्यू गर्दैछन् । भने, युवापुस्ताका लोकप्रिय गायक नितेशलाई निर्देशक सुरेन्द्र पौडेलले फिल्म ‘बाबरी क्याफे’ मा लिड हिरोको रुपमा ब्रेक दिँदैछन् । यस्तै, चर्चित गायक दुर्गेश थापा पनि ढिलोचाँडो फिल्मको हिरो हुने तयारीमा छन् ।
हालै एक भिडियोको छायांकनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई फिल्मको अफर आइरहेको बताएका छन् । तर, तत्काल फिल्म गर्ने सोचमा नभएको उनको भनाई छ । गायक तथा मोडल थापाले भनेका छन्, ‘फिल्म गर्ने इच्छा छ । तर, म महिनामा २२ दिन जति देश तथा विदेशमा हुने कार्यक्रमै व्यस्त हुन्छु । त्यही कारणले फिल्मका लागि समय दिन सकेको छैन ।’
उनले अगाडि थपे- ‘फिल्ममा जानु पर्यो भने भिडियोबाट एक वर्ष ग्याप लिन्छु । फिल्ममा केही फरक गरेर जाने इच्छा छ ।