लोक गायक कृष्ण रेउले देशको अबस्थालाई चित्रण गर्दै नयाँ गित सार्बजनिक गरेका छन । यस्तै छ साँईला नेपालको चलन बोलको गित बुधबार बेलुका आफनै युटुब च्यानल बाट सार्बजनिक गरेका हुन । आफनै स्वर शब्द संगितमा तयार पारिएको गितमा देशलाई माया गर्ने हरु रोडमा,घात गर्नेहरु करोडमा यस्तै छ साईला नेपालमा बोलको गित बजारमा ल्याएका हुन । आफनै अभिनय रहेको गितमा बिबेक खडकाले निर्देशन गरेका छन ।
निर्मलाको आत्म रोहिरहेको होला अपराधिहरु हाँसी रहेको होलान,अपराधी लाई कारबाही गर्नु पर्ने,राजनिती पैसामा बिक्ने नभएर सेवा भएको लगायतका शब्द बुनेर गित तयार पारेका छन । दसकौ अगाडी देखि आम नेपालीले सोचे जस्तो परिबर्तन हुन्छ भन्ने आशा राखे पनि त्यो नभएर,जनताको भावना बिपरित कामकारबाही भैरहेकोले जनता माझमा झनझन निराशा हुँदै गएकोले आम नेपालको अबस्था देखेर गित तयार पारेको गायक रेउलेको कथन छ ।
कलाकारीता क्षेत्रबाटै देशका हरेक जिल्ला पुगेको हुन्छु,आम सर्बसाधारणका मुहारमा परिवर्तनको आशा पलाएको देखिन्छ तर देशको नेतृत्वकर्ताले जनताको आशा बिपरित काम गरिरहेकोले जनताको आशामा तुसारापात भएको गायकको भनाइ रहेको छ।
सल्यानमा जन्मीएका गायक रेउले २२ बर्ष देखी कलाकारीता क्षेत्रमा आबद्ध रहेका छन । आज गाउमा बिजुली चम्कीयो, गाउमा हल्ला चल्यो,डोल्पा जाने रेल बाटो निक्कैनै चर्चित गितहरु बजारमा पस्किएका छन ।