मुम्बई – बलिउड अभिनेत्री सारा अली खानका ड्राइभरमा कोरोना संक्रमण पुष्टि भएको छ । साराले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएकी हुन् ।
अहिले ती ड्राइभरलाई क्वारेन्टिनमा राखिएको छ ।
सारा आफ्नी आमा अमृता सिंह र भाइ इब्राहिमसँग बस्ने गर्छिन् । साथै उनका स्टाफ पनि छन् । ड्राइभरमा कोरोना पोजेटिभ देखिए पनि सारा लगायत अन्यमा भने कोरोना नेगेटिभ देखिएको बताइएको छ ।
आइतवार सारा आफ्ना पिता सैफ अली खानसँग भेट्न पुगेकी थिइन् । सारासँग उनका ड्राइभर गएका थिए या थिएनन् भन्ने अझै खुलेको छैन ।