लिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्ती सामाजिक संजाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । रियालाई सामाजिक संजालमा निकै खराब तरिकाले ट्रोल गरिएको छ । लामो समयसम्म मौन बसेकी रियाले अब यो बिषयमा मुख खोलेकी छिन् ।
रियाले ट्रोलरले पठाएको म्यासेज नै सार्वजनिक गर्दै अब अत्ती भयो भन्दै मुख खोलेकी हुन् । मन्नु राउत नामक एक ट्रोलरले उनलाई म्यासेज पठाउँदै लेखेकी छिन्–‘तिम्रो हत्या र बलात्कार होस् । तिमीले आत्महत्या गर, नत्र म तिमीलाई मार्नका लागि मानिस पठाउँछु ।’
ट्रोलरलाई जवाफ दिदै रिया लेख्छिन्–‘मलाई मानिसहरुले हत्यारा भन्दा पनि म चुप नै बसेँ । तर, मलाई मार्छु, बलात्कार गर्छु भनेपछि मैले मुख खोलेकी हुँ । के तपाइहरु यसको गम्भिरता वुझ्नु हुन्छ । यो साइबर अपराध हो । म साइबर ब्यूरोसँग अनुरोध गर्छु कि, यो बिषयमा तत्काल एक्सन लिइयोस् ।’
सुशान्त र रियाले जनवरीमा मात्र आफूहरुको प्रेम सार्वजनिक गरेका थिए । तर, सुशान्तले आत्महत्या गरेपछि यसमा रियाको पनि हात रहेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरेका थिए ।