मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्याको कारण खोज्दै मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ । उनका नजिकका साथी तथा आफन्तसँग सोधपुछ गरिएको छ ।
केही बलिउडकर्मी सेलिब्रेटीलाई पनि यो केशमा सोधपुछ गरिएको छ । सुशान्तले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस पनि चर्केको छ ।
यसैबीच प्रहरीले बलिउडकर्मी आदित्य चोपडासँग पनि सोधपुछ गरेको छ । उनीसँग प्रहरीले झण्डै ४ घण्टा सोधपुछ गरेको हो ।
यो प्रकरणमा निर्देशक शेखर कपूरले आदित्य चोपडामाथि आरोप लगाएका थिए ।
आदित्यले फिल्म ‘पानी’ निर्माण गर्ने भनिएका बेला उनी कुनै डिप्रेसनमा नभएको बताएका छन् । उनले शेखर कपूरले लगाएको आरोप झुठो भएको दाबी गरेका छन् ।