काठमाडौं – दुर्गेश थापाले ‘बीच बीचमा ३’ बजारमा ल्याएका छन् । केही हप्ताअघि ‘बीच बीचमा २’ सार्वजनिक गरेका दुर्गेशले यो गीत शनिवार युट्युबमार्फत रिलिज गरेका हुन् ।
तीजको भाकामा तयार पारिएको यो गीतमा नेपालको राजनीतिप्रति व्यङ्ग्य हानिएको छ । गीतमा ‘बेसार’ शब्दलाई पनि व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने भनेर दिएको अभिव्यक्तिको आलोचना भइरहेका बेला ‘बेसार’ शब्द प्रयोग गरेर गीत रचना गर्न थालिएको छ ।
भिडियोमा दुर्गेश थापाका अलावा जीबी चिरन, काजिस श्रेष्ठ, जीवन क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काले अभिनय गरेका छन् ।