मुम्बई – अभिनेता रणवीर कपूर मुम्बईको सडकमा देखिएका छन् । उनले मुखमा पूरै मास्क लगाएर मुम्बईमा साइकल यात्रामा निस्केका हुन् ।
रणवीरलाई मास्क लगाएको हुनाले कसैले चिनेनन् । उनी निकै तीव्र गतिमा साइकल कुदाइरहेका थिए ।
उनी साइकल चढेको एक भिडियोले सामाजिक सञ्जालमा चर्चा कमाएको छ । हालै उनले आफ्नी आमा नितु कपूरको जन्मदिनमा पनि तस्वीर शेयर गरेका थिए ।