काठमाडौँ – आधुनिक पुस्ताका युवायुवतीले प्रयोग गर्ने शब्द मिसाएर सार्वजनिक गरिएको गायिका सोफिया थापाको तीज गीतमाथि थप विवाद भएको छ ।
‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत आइतबार मात्रै सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएलगत्तै विवादमा परेको थियो ।
मंगलबार बिहानै हिन्दु धार्मिक संगठनका केही व्यक्तिले गीत हटाउन थापालाई दबाब दिएका छन् । गीत युट्युबमा सार्वजनिक भएलगत्तै हिन्दु धर्म संगठनका केही व्यक्तिले फोन गरेरै गीत हटाउन धम्की दिएका गायिका थापाले बताएकी छन् ।