लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहकलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनी यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बनेका हुन् , अब उनले ४ वर्षका लागि काम गर्नेछन् ।
रुकुमको बाँफीकोट गाबिस निवासी शाहले तीन दशक लामो बैंकिङ अनुभव भएका शाहकले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले सो बैंकमा १० वर्ष काम गरेका थिए ।शाहको नेतृत्वमा लक्ष्मी बैंकले आफ्नो छुट्टै छवि निर्माण गरेको छ । हरेक वित्तीय परिसूचकमा अब्बल रहेको लक्ष्मी बैंकले बैंकभित्रबाटै नेतृत्व चयन गर्ने अभ्यास आत्मसाथ गर्दै आएको छ ।