कोरोनाको भाइरस संक्रमणबाट न्युयोर्कमा फेरि एक नेपालीको निधन भएको छ । कोरोना भाइरस संक्रमण बाट ङिमा तेम्बा शेर्पाको निधन भएको भन्दै शेर्पा किदुग अमेरिकाले जनाएको छ । शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान पाँच क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको किदुगले जनाएको छ ।
ङिमा तेम्बा शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्ता देखि सो अस्पतालमा उपचाररत थिए । शेर्पा किदुगले भनेको छ – ‘यो दुखद समाचार शेर्पा किदुगलाई आज बिहान वहाँका दाजु ल्हाक्पा युला शेर्पाले फोन मार्फत पुष्टी गर्नु भएको हो।
‘दिवंगत आजीवन सदस्य शेर्पाको अतिसिघ्र शुद्ध भुवनमा पुनर्जन्मको कामना सहित शोक संतप्त परिवार प्रति शेर्पा किदुग अमेरिका हार्दिक समवेदना प्रकट गर्दछ।’ – किदुगले सामाजिक सञ्जालमार्फत भनेको छ ।
कोरोनाको महामारी सुरु भएपछि १५ दिनको अन्तरलमा न्युयोर्कका ५ जना नेपालीहरुको निधन भएको छ ।