
नयाँ नयाँ सृजनात्मक काम गरेर चर्चामा आउने रुकुमको आठबिसकोट नगरपालिकाले कोरोना भाइरस सग लडन रातदिन लगाएर १४ शैयाको भवन निर्माण गर्न थालेको छ । नगरपालिकाले १४ शैयाको पक्की आइसुलेसन भवन निर्माण गर्न रातदिन काम भैरहेको जनाएको छ ।
विश्वभरी महामारीको रुपमा फेलिरहेको कोरोना भाइरस जोखिमलाई मध्यनजर गरी १० दिन भित्रै भवन निर्माण गरेर १४ शैयाको आइसुलेसन कक्ष सस्थापना गर्ने तयारी रहेको नगरपालिकाका मेयर गोर्ख बहादुर केसी (सन्देश) ले जानकारी दिए । केहि दिन अघि काठमाडौ बाट स्वास्थ्य सामाग्रीहरु लिएर नगरपालिका पुगेका केसिले तत्कालै बैठक बसेर तयारीका कामहरु अगाडी बढाएका हुन ।
उक्त निर्माणधिन भवनको पुर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले पनि अनुगमन गरेका छन । अनुगमन पछि रातिको समयमा प्रहरी,जनप्रतिनिधी लगाएत सबैले भवन निर्माणमा काम गरिरहेको भिडियो समेत उनले फेसबुकमा राखेका छन ।
शर्माले लेखेका छन “हामी पनि सक्छौँ र सक्नुपर्छ” ।महामारीको नियन्त्रणको लागि आठबिसकोट नगरपालिकाले सबै सुबिधा सहितको ८ कोठाको आइसोलेसन भवन १० दिनमा सक्ने लक्ष्य सहित आज ३० घण्टामा डिपिसि सकिएको शर्माले भनेका छन । यो काम श्रम सहकारी द्वारा गरिदै छ । जनता नै शक्तिका श्रोत हुन। सबै कुरा जनताबाट सिकौं शर्माको भनाइ छ ।
नगरपालिकाले भवन निर्माणको लागी आवश्यक जनशक्ति देखि सबै सुरक्षाका उपायहरु अपनाएको बताएको छ ।
नगरपालिकाले केहि दिन अगाडी बैठक बसेर विभिन्न कामको बाडँफाड पनि गरेको थियो ।
भिमराज केसीलाई भवन निर्माणको जिम्मा,स्वास्थ्य तथा सामाजिक विकास शाखा सँयोजक मनिराज शाहलाइ आइसुलेसनमा औषधी उपकरण लगाएत स्वास्थ्य सामाग्री व्यवस्थापनको जिम्मा दिइएको बताइएको छ । यसका अलवा नगरपालिकाले राडीज्युला शिक्षा क्याम्पस र बाल कल्याण माद्यामिक विद्यालयमा क्वारेन्टीन निर्माण पनि गरेको छ ।